लायन्स र चिकित्सकहरुको होली

leo_lions

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ निर्बाना, लियो क्लब अफ काठमाडौँ निर्बाना र ओम समाज डेन्टल अस्पतालको संयुक्त आयोजनामा आइतबार होली हर्शोल्लासका साथ मनाएका छन् ।

राजधानीको चावहिलबाट शुरु गरेको उक्त होली कार्यक्रम पेप्सीकोला, बानेश्वर, गोँगबु, नैकाप लगायतको स्थानमा गएर मनाइएको लायन्स क्लब अफ काठमाडौँ निर्बानाको अध्यक्ष आदर्श प्रधानले बताए ।

होली पर्बले प्रेम, आत्मियता साट्न मद्धत गर्नुका साथै यस पर्बलाई बिकृत हुन नदिई संस्कृतिको रुपमा विकास गर्ने हेतुले अस्पतालमै मनाएको ओम समाज डेन्टल अस्पतालका अनिल कुमार शर्माले जानकारी दिए ।

उक्त अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेको नेतृत्वमा रहेको चिकित्सकहरुले लायन्स क्लबका टिमसँग मिलेर होली पर्वलाई हर्शोल्लासका साथ मनाएका हुन् ।