देउसी भैलोबाट संकलित रकमले अनाथ बालबालिकालार्इ शैक्षिक सामाग्री

11

काठमाडौँ, मंसिर ५ । लियो क्लब अफ काठमाडौं निर्वानाले तिहारका बेला खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकम अनाथ आश्रमका बालबालिकालाई वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच काँडाघारीको वीरेन्द्रचोक स्थित फ्यूचरहोम नेपालमा रहेका अनाथ बालबालिकालाई देउसी भैलोको पैसाले शैक्षिक सामग्री खरिद गरी हस्तान्तरण गरेको छ । क्लवले देउसीभैलोबाट संकलन गरेको करिब १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको थियो ।

आश्रममा रहेका बालबालिकालाई चिसोबाट बच्ने उपायको जानकारी गराउँदै स्वस्थ्य रहन अपनाउनुपर्ने विषयका बारेमा पनि जानकारी गराइएको क्लबका अध्यक्ष मनिषराज साहले जानकारी दिए ।

12