टुक्रिएको मुटु जोड्न ‘क्रियटिभ आर्ट थेरापी’

11

काठमाण्डौ, ९ माघ । लायन्स क्लब अफ काठमाण्डौंँ निर्बाना र लियो क्लब अफ काठमाण्डौंँ निर्बानाको संयुक्त आयोजनामा एकदिने क्रियटिभ आर्ट थेरापी कार्यशाला राजधानीमा सम्पन्न भएको छ ।

अहिलेको प्रतिस्पर्धात्मक समयमा तनाब, निराशापनलाई न्यूनिकरण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बि२ अन्र्तगतको डिस्ट्रिक्ट भरीनै यस्ता खालका मनोबैज्ञानिक तथा आध्यात्मिक कार्यक्रम समेत सञ्चालन गर्दै लैजाने लायन्स क्लब अफ काठमाण्डौंँ निर्बानाका अध्यक्ष आदर्श नारायण प्रधानले बताए।

उक्त कार्यशाला मनोसामाजिक परामर्शदाता पुजा श्रेष्ठले सञ्चालन गरेका थिए। कलाको माध्यमबाट टुटेको मुटुलाई नचाहिने बस्तुको उपयोगबाट कसरी उपचार गर्न सकिन्छ भन्ने सम्बन्धी उक्त कार्यशालामा प्रशिक्षण दिइएको थियो । एकदिवशीय उक्त कार्यक्रममा लियो र लायन्स सदस्यको उल्लेखनीय उपस्थिती रहेको थियो ।

3