अन्तर्राष्ट्रिय लियो दिबसको दिन रक्तदान कार्यक्रम

12blood

काठमाडौ, मंसिर २० । अन्तर्राष्ट्रिय स्वंयम सेवक दिवस तथा अन्तर्राष्ट्रिय लियो दिवसको अवसरमा लायन्स क्लव अफ काठमाडौं निर्वाना र लियो क्लव अफ काठमाडौं र्निवानाले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्क, सिम्रिक एयर, सिम्रिक एयरलाईन्स, डिसहोम, ग्लोबल काठमाडौं कन्सल्ट लगायतको सहकार्यमा रक्तदान नासा इन्टरनेशनल कलेजको प्रांगनमा बृहत रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा ५० जनाले रक्तदान गरेका थिए ।

लायन्स क्लब इन्टरनेशनलको शताब्दी बर्ष पुग्दै गर्दा ‘१०० बर्ष १०० पिन्ट रगत’ भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम अन्र्तगतको पहिलो कार्यक्रम आज सम्पन्न भएको लायन्स क्लब अफ काठमाडौं र्निबानाको अध्यक्ष आदर्श प्रधानले बताए ।

अहिले नेपालमा रगतको अभाब भएको बेलामा रक्तदान कार्यक्रम अर्थपूर्ण हुनेभएकोले रक्तदानलाई बिशेष कार्यक्रमको रुपमा अघि बढाउँदै लगेको लियो क्लव अफ काठमाडौं र्निवानाका अध्यक्ष मनिषराज शाहले बताए ।

11blood  09blood10blood